• Call Us9841539859
  • Login

Scholarship Facility

We offer a scholarship for needy students.

Books & Library

We have a well-managed library for all class.

Our Teachers

Our teachers are certified teachers and qualified.

 

ABOUT US

WELCOME TO COMMUNITY WELFARE ENGLISH BOARDING SCHOOL

 
२०६० सालमा स्थापित यस विद्यालयले विभिन्न क्षेत्रका विद्यार्थीहरुलाई समेटेर समय सापेक्ष अनुरुपको उत्कृष्ट शिक्षा दिइरहेको छ । २०७६ साल सम्मको व्यवस्थापन सुदर्शन थपलिया ज्यू ले गरीरहनु भएको थियो । शैक्षिक सत्र २०७७ बाट सुदिप कार्की सरले फाउण्डर/प्रिन्सिपलको रुपमा कार्य गर्ने गरी लिनुभए पश्चात २१ औँ शताब्दिमा आवश्यक पर्ने शिक्षा सँगै संस्कार, सुविधा तथा बालमनोविज्ञानमा आधारीत विविध कृयाकलाप र मनोरञ्जनको निम्ति विद्यालयलाई पुनः थपेर (Restructure) गरीएको छ  । 
बाल्यकालमा लगभग सबैजसो बच्चाहरु उमेरका कारण चकचक गर्ने चञ्चलले स्वभावका हुन्छन्, त्यसर्थ त्यस किसीमका बच्चाहरुलाई गालि गरेर, पिटेर तथा तर्साएर अनुशासनमा राख्ने तथा पढाईमा अब्बल बनाउने कोशीस गरीयो भने बालुवामा पानि हाले सरह हुनेछ । 
 
अबको शिक्षा फरक हुनुपर्छ भनेर Covid-19 (Corona) ले हामी सबैलाई ठुलो पाठ सिकाइ सकेको छ । २१ औ शताब्दिको टेक्निकल युगमा यस विद्यालयले हरेक बच्चालाई एउटा पारीवारीक माया, हौसला तथा मनोरञ्जन प्रदान गर्दै सजाय रहीत संस्कारयुक्त शिक्षाको ढोका खोलेको कुरा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरुमा जानकारी समेत गराउँदछौँ । 
 
हाल ४२५ जना विद्यार्थीहरु स्कुलमा तथा ३० जना होस्टेलमा अध्ययन गरीरहेका छन् । कोरोना (Covid-19) को कारण लकडाउनले विश्वका सम्पूर्ण विद्यार्थीले घरमै बसेर विद्यालय कहीले खुल्ला भनेर बसीरहेको अवस्थामा यस विद्यालयले समेत (Covid-19) लकडाउन खुल्नासाथ स्कुलमा १५० जना तथा होस्टेलमा ७० जना (४० जना छात्र, ३० जना छात्रा) भर्ना लिनेछ । हालको निम्ति मिति २०७७ जेठ १५ गतेबाट धमाधम Online Registration भइरहेको छ । समय मै Registration गरेर आफ्नो बच्चाको उज्जवल भविष्यको निम्ति ढुक्क हुनुहोस् । 
  • विभिन्न स्कुल, कलेज तथा संघ संस्थामा विगत १५ वर्ष देखि नेतृत्वकर्ताको रुपमा काम गर्नुहुने सफल व्यक्तित्व आदरणीय सुदिप कार्की सर यस विद्यालयको प्रमुख व्यक्ति हुनुहुन्छ, जसले बच्चाको भविष्य निर्माणको निम्ति आवश्यक सम्पुर्ण कुरा योजना अनुरुप यस विद्यालयमा पस्कनु हुनेछ । 
  • के शिक्षित व्यक्तिले मात्र समाज बन्दछ त ? पक्कै बन्दैन, त्यसैले यस विद्यलयमा संस्कारलाई समेत प्रमुख मान्यता दिई प्रत्येक बच्चामा आदरभाव, संस्कार र नैतिकता झल्काउने फरक किसिमको व्यवस्था गरीएको छ ।
  • दक्ष विद्यार्थी दक्ष जनसक्तिबाट तयार हुने भएकोले उत्कृष्ट शिक्षक शिक्षिकाको नियुक्ती गरेपश्चात उहाँहरुलाई समय अनुसार ट्रेनिङ्ग, सुविधा तथा मनोरञ्जन समेतको व्यवस्था गरीएको छ । 
  • पढाइले मात्र बच्चलाई स्कुल एउटा जेल जस्तो लाग्ने भएकाले समयसमयमा म्बथ यगत, एष्अलष्अ तथा त्यगच को व्यवस्था गरीनेछ । 
  • आवश्यक प्रमुख थोरै (Major Books) पुस्तक मात्र राखी त्यसैमा विद्यार्थीलाई बढी अभ्यास गराइनेछ । 
  • वर्षमा २ देखि ४ पटक सम्म अभिभावक भेला गरिनेछ । 
  • सानै देखि संस्कारमा निहीत व्यवहारीक ज्ञान दिने Audio/Video Class को Routine अनुसार व्यवस्था गरीने छ । 
  • नृत्य, संगित, मादल, गितार तथा बाशुरीको विशेष प्रशिक्षण दिइने छ ।
  • खेलकुदको लागि पर्याप्त फिल्ड भएको ।
  • धेरै जसो Weekly test, Monthly test तथा Terminal test को माध्यमबाट विद्यार्थीहरुको परीक्षा भनेपछी डराउने (Exam Phobia) लाई Confidence मा रुपान्तर गराइने छ । 

GALLERY